नेकपा सचिवालय बैठक निष्कर्षविहीन, अर्को बैठक २० गते बस्ने




काठमाडौं, वैशाख १७
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक तीन घन्टापछि सकिएको छ । बैठक बिना निष्कर्ष सकिएको छ। अर्को बैठक २० गतेका लागि तय गरिएको छ।

बैठकमा पार्टीका आन्तरिक समीक्षा, सरकारको सुध्रिढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठक कुनै पनि निष्कर्षमा पुग्न नसकेपछि २० गतेका लागि पुनः बैठक बस्ने र सोही दिन स्थायी कमिटी बैठक पनि बस्ने भन्दै समापन भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News