किन बढ्दैछ महोत्तरीमा लगालग मृत्युको घटना ?



महोत्तरी, बैशाख १८

महोत्तरीको भंगहा नगरपालिका ७, मेघनाथ गोरहन्नामा थप दुई जनाको मृत्यु भएको छ।

बुधबार राति स्थानीय ३२ वर्षीय सिकिन्दर सिंह र बिहीबार दिउँसो स्थानीय ५५ वर्षका सिताई महराको मृत्यु भएको भंगहा नगरपालिकाका मेयर सञ्जिव साहले जानकारी दिए।

सोही टोलका स्थानीय ४० वर्षका मोहन चौधरी, ५२ वर्षका नथुनी चमार, ५४ वर्षका लालबाबु सिंह र बर्दिवास नगरपालिकाका ५२ वर्षका गंगाराम सदाको मंगलबार साँझ र बुधबार बिहान मृत्यु भएको थियो। सोही बस्तीमा झण्डै एकसाता अघि ५५ वर्षका महेन्द्र चौधरीको समेत मृत्यु भएको थियो।

योसँगै एक सातामा मेघनाथ गेहन्ना टोलमा ७ जनाको मृत्यु भएको मेयर साहले पुष्टि गरे।
उनीहरुको विषाक्त मदिरा सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको वास्तविक कारण खुल्न सकेको छैन। बुधबारसम्म मृत्युभएका पाँचै जनाको शव दाहसंकार गरिसकिएको जनाइएको छ।

बिहीबार राति मृत्यु भएका ३२ वर्षका सिकिन्दर सिंहको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वर लगिएको वडाध्यक्ष बासुदेवसिंह थारुले बताए।

एक–एक गरी टोलमा मृत्यु हुन थालेपछि स्थानीबासि त्रसित भएका छन्। बुधबार बिहान मृत्यु भएका गंगाराम सदाको शव प्रहरीले नियन्त्रणमा लिन जाँदा स्थानीयले उनको दाहसंकार गरिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News