साढे ११ लाखसहित हुण्डी कारोबारी पक्राउ



वीरगन्ज,बैशाख १८ । 

लकडाउनमा नाका बन्द रहेको भएपनि प्रहरीले भने मुख्य नाका वीरगन्ज रौक्सल नाकाहुँदै भारतबाट मोटरसाइकलमा हुण्डीको रकम लिएर आएको भन्दै एकजनालाई पक्राउ गरेको छ । 

लकडाउन सुरु भएदेखि नै नेपाल भारत दुवै देशको नाका सिल गरी आवागमन ठप्प पारेको छ । नाकामा दुवै देशका सुरक्षाकर्मीको २४ सै घण्टा पहरा छ ।  तर, प्रहरीले भने बुधबार रक्सौलबाट हुण्डीको रकम लिएर मोटरसाइकलमा प्रवेश गरेका वीरगन्ज १६ इनर्वाका २९ वर्षीय लालबाबु कुमार यादवलाइ पक्राउ गरिएको जनाएको छ । 

रक्सौलबाट वीरगन्ज भन्सार नाकाहुँदै ना ६२ प ९५७१ नंबरको मोटरसाइकलमा आएका यादवलाई वीरगन्जको रजत जयन्ती चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यादवको साथबाट हुण्डीको ११ लाख ५० हजार रुपैयाँ बरामद पनि भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । रक्सौलबाट आउँदै गरेको मोटरसाइकल बुधबार दिउँसो रजतजयन्ती चोकमा रोकेर चेकजाँच गर्दा यादवले बोकेको झोला भित्र रहेको श्रोत खुल्न नसकेको ११ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।
 
हुण्डीको रकमसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News