सीमापारि रहेका दुई हजार बढी नेपाली नेपाल भित्रिए




धनगढी, वैशाख १८
सीमापारि रहेका दुई हजार भन्दा बढी नागरिकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको छ । विहीबार सुदूरपश्चिमका विभिन्न तीन नाकाबाट दुई हजार बढी नेपाली नागरिकलाई उद्धार गरिएको छ ।

लकडाउन भएपछि भारतीय सीमा पिथौरागढका धार्चुला क्षेत्रमा रहेका नागरिकलाई दार्चुलाका दुई र वैतडीको एक नाकाबाट नेपाल प्रवेश गर्न दिइएको हो । दार्चुलाको दत्तु र खलंगा नाकाबाट १३ सय नेपालीलाई नेपाल ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

यो नाकाबाट विशेषगरि वैतडी, बझाङ र दार्चुलाका बासिन्दाहरु नेपाल भित्रिएका छन् । उद्धार गरिएका सबैको स्वास्थ्य जाँच गरेर गन्तव्यमा पठाइएको उनले जानकारी दिए । कैलाली र कञ्चनपुरसहित पूर्र्र्वी जिल्लाका नागरिकलाई भने खलंगाकै क्वारेन्टाइनमा राखिएको छ ।

त्यस्तै, बैतडीको झुलाघाट नाकाबाट एक हजार ५० जनालाई नेपाल प्रवेश दिइएको छ । उनीहरु सबैको स्वास्थ्य जाँच गरेर स्थानीय तहको जिम्मा लगाइएको स्थानीय प्रशासनले जनाएको छ । सम्बन्धित स्थानीय तहले आफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्नुपर्ने सहमतिअनुसार स्थानीय तहको जिम्मा लगाइएको हो ।

यस्तै, कञ्चनपुरको सीमा पारी दुई सय ५१ र कैलालीको त्रिनगर सीमा पारी एक सय २० जना नेपाली रहेका छन् । क्वारेन्टाइन अवधि सकिएपछि स्थानीय तहले आफ्ना नागरिकलाई नेपाल प्रवेश गर्न दिनुपर्ने पहल गरिरहेका थिए । सो प्रयासस्वरुप विहीबार दार्चुला र बैतडीको सीमापारि रहेका नागरिकलाई नेपाल प्रवेश दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News