बढुवा भएका एसएपीहरुको सरुवा र पदस्थापन (सूची सहित)



काठमाडौं, बैशाख १९
नेपाल प्रहरीका ३५ जना बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)हरुको सरुवा तथा पदस्थापन भएको छ।

बिहीबार गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा गृहमन्त्रालयमा बसेको बैठकले उनीहरुको पदस्थापना र सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले १६ जना एसएपीहरुको सरुवा गरेको छ भने १९ जनाको पदस्थापन गरेको छ। एसएसपी उमेश जोशीको संघिय प्रहरी कार्यालय काभ्रे,टेक तामाङको एक नम्वर प्रदेश तालिम केन्द्र, पुरुसोत्तम कंडेल आर्थिक प्रशासन महाशाखा तथा दिपक थापाको महानगरीय अपराध महाशाखामा सरुवा गरिएको छ।

यसैगरी महानगरिय प्रहरी परिसर टेकुमा श्यामलाल ज्ञवालीलाई सरुवा गरिएको छ।  लागुऔषध नियन्त्रण व्यूरोमा दिलिप कुमार चौधरीलाई पठाइएको छ।

बढुवा तथा पदस्थापन भएकाहरुको सूची

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News