सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना गर्न सुझाव




काठमाडौं, वैशाख १९
राष्ट्रिय परीक्षा बोर्ड परीक्षासम्बन्धी सुझाव समितिले शिक्ष्ाँ विज्ञान तथा प्रविधि मन्त्रालयलाई सामाजिक दुरी कायम राखेर विद्यार्थी भर्ना सुरु गर्न सुझाव दिएको छ ।

बोर्डका अध्यक्ष तथा परीक्षा सम्बन्धी सुझाव समितिका संयोजक डा. चन्द्रमणि पौडेलले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई विद्यार्थी भर्ना सुरु गर्न सुझाव प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १–९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भौतिक दूरी कायम गर्ने गरी भर्ना प्रकिया अगाडि बढाउने विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ ।
उक्त सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News