यशोधरा गाउँपालिकाका वडाध्यक्षमाथि गोली प्रहार




तौलिहवा, वैशाख १९
कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि गोली प्रहार भएको छ ।
गएराति १ बजेको समयमा वडा नम्बर ८ को खोरिया गाँउमा आफ्नै घरमा सुतिरहेका वडाध्यक्ष मुसलमानलाई लक्षित गरि चार राउण्ड गोली प्रहार भएको हो ।

दुई जनाको समूहमा आएका अपरिचित व्यक्तिले रिवाल्वरले मुसलमानमाथि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । यद्यपि उनलाई लक्षित गरि प्रहार भएको गोली उनलाई लागेको छैन ।

गोली प्रहारको घटनामा संलग्नता रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले गोली प्रहारको घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News