क्वारेन्टाइनमा बसेका युवकले गरे आत्महत्या



उदयपुर, वैशाख १९
उदयपुरको रौतामाई गाउँपालिकामा क्वारेन्टाइनमा बसेका एक युवकले आत्महत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर ७ राजाबासस्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाइनमा रहेका सोही गाउँपालिकाको गुराँसेका १८ वर्षीय सुमन बिकले आत्महत्या गरेका हुन् ।

वैशाख ११ गतेबाट क्वारेन्टाइनमा बस्दै आएका बिकले बिहीबार राति झुण्डिएर आत्माहत्या गरेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए। प्रेम विवाह गरेर काठमाडौं पुगेका बिक लकडाउनको समयमा फर्किएपछि उनलाई क्वारेन्टाईनमा राखिएको थियो।

बिकले श्रीमति सुतिरहेको समयमा श्रीमतीकै सल पासो लगाएर झ्यालमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ। बिकसहित अन्य ८ जनालाई जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News