लकडाउनको अवज्ञा गर्दै कञ्चनपुरमा प्रदर्शन




कञ्चनपुर, वैशाख १९
सीमा क्षेत्रबाट फर्काइएका नेपाली नागरिकलाई नेपाल भित्र्याउनुपर्ने भन्दै आज कञ्चनपुरको पुनर्वासमा प्रदर्शन गरिएको छ । सीमा क्षेत्रमा पुगेर पनि फर्काइएका नेपाली नागरिकका आफन्तले उनीहरुलाई स्वदेश आउन दिनुपर्ने भन्दै लकडाउनको अवज्ञा गरेर प्रदर्शन गरेका हुन् ।

बिहीबार भारतको गुजरातबाट नेपाल फर्किन लागेका दुई नाबालकसहित सात जनालाई सुरक्षा निकायले फिर्ता पठाएको थियो । नेपाल प्रवेश गर्न नदिएको भन्दै स्थानीयले आज डेढ घण्टासम्म प्रदर्शन गरेका थिए । पछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले भिडलाई तितरबितर पारेको थियो ।

कोरोना भाइरस सङ्क्रमण रोक्न गएको चैत्र ११ गतेदेखि नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द गरिएका छन् । स्थानीयले स्थानीय तहसमक्ष भारतबाट नेपाली नागरिकलाई निर्बाध रूपमा आउन दिनुपर्ने माग राखेका छन् । ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News