१६ वर्षीया किशाेरीको सामूहिक बलात्कार, दुई पक्राउ



सुनसरी, बैशाख १९
सुनसरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन्। करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका ११ सिमरवना चोक बस्ने १९ वर्षीय त्रिलोचन चौधरीसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

सोही उपमहानगरपालिकास्थित एकान्त बगैँचा घारीमा गत आइतबार राति ती किशोरीलाई ९ जनाले सामुहिकरूपमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले घटनामा संलग्न चौधरी समेत २ जनालाई पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार रहेका अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News