कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ३९ हजार नाघ्यो




काठमाडौं, वैशाख २०
विश्वभर कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ३९ हजार नाघेको छ ।
गएको २४ घन्टामा विश्वभर ९४ हजार ५ सय ३७ जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ।

शनिबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ४ सय ४३ पुगेको हो।

गएको २४ घन्टामा अमेरिकामा मात्रै १८ सय ९२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। त्यहाँ मृतकको संख्या ६५ हजार ७ सय ४८ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ। त्यहाँ अहिलेसम्म १६ लाख १५ हजारभन्दा धेरै उपचारपछि ठिक भएका छन्।

त्यसैगरी शुक्रबार युकेमा ७ सय ३९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या साढे २७ हजार नाघेको छ।

त्यसैगरी शुक्रबार ब्राजिलमा ५०९ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २८१, इटालीमा २६९, फ्रान्समा २१८, जर्मनीमा ११३, बेल्जियममा १०९, टर्कीमा ८४, रुसमा ९६, इरानमा ६३, पेरुमा ७३, नेदरल्यान्डमा ९८, इक्वेडरमा १६३, मेक्सिकोमा १२७, स्वीडेनमा ६७, पाकिस्तानमा ५६ जनाले ज्यान गुमाएका छन्।

अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट २८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने स्पेनमा २४ हजार ८ सय २४, फ्रान्समा २४ हजार ५९८, फ्रान्समा २४ हजार ५९८ जनाको मृत्यु भएको छ।

छिमेकी देश भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट ६९ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १२ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३७ हजार नाघेको छ।

त्यहाँ शुक्रबार मात्रै २३ सय ९४ जना नयाँ संक्रमित थपिएका छन्। अहिलेसम्म भारतमा एक हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

विश्वभर अहिलेसम्म संक्रमितको संख्या ३३ लाख ९८ हजार ४ सय ५८ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म १६ लाख १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News