ताप्लेजुङको फुङ्लिङमा आगलागी, सात घर जलेर नष्ट




ताप्लेजुङ, वैशाख २०
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । गएराति भएको आगलागीबाट फुङ्लिङ नगरपालिका –५ न्यू ट्याक्सी काउण्टर पुरानो बैंक लाईनमा आगलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आगलागी तीन घण्टा पछि नियन्त्रणमा आएको थियो । स्थानी खेम केसी, खड्क थापा, बिष्णु तिवारीलगायतको घर जलेर नष्ट भएको छ ।

फुङ्लिङ नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासिन्दको सहयोगमा आगलागि नियन्त्रणमा आएको थियो ।

आगो नियन्त्रण गर्ने क्रममा अन्य दुई घरहरु भत्काईएका थिए । भण्डारी खाजाघर आसपासबाट एक्कासी आगो सल्किएको स्थानीयले बताएका छन् ।

कसको घरबाट या कसरी आगो सल्किएको हो भन्ने एकिन भएको छैन । अन्य क्षति सहितको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News