चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना




काठमाडौं, वैशाख २०
आज देशभरको मौसममा आंशिकदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भएको महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार दिउँसो मध्य र पूर्वी भू–भागका साथै पश्चिमी पहाडी क्षेत्रमा सामान्य बदली रही अन्य क्षेत्रमा आंशिक बदली हुनेछ ।

त्यस्तै पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिनासहित वर्षाको सम्भावना रहेको छ।  पश्चिमी र पूर्वी तराईमा हावाहुरीको सम्भावना रहेको मौसमविद्ले जनाएका  छन् ।

रातिको समयमा पनि पहाडी भू–भागमा सामान्य बदली तथा पूर्वी तराईका क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News