सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रचण्ड-नेपालबीच भेटवार्ता




काठमाडौं, वैशाख २०
नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ।

नेता नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका हुन् । नेकपाको सचिवालय बैठक शनिवार बस्दैछ। सचिवालय बैठकको पूर्वसन्ध्यामा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

नेता नेपालनिकट स्रोतले दुवै नेताहरूले साझा रणनीति तय गर्ने विषयमा छलफल गर्न लागेको जानकारी दिएको छ ।

बुधवार बसेको सचिवालय बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाललाई अध्यक्षको प्रस्ताव गरेका थिए ।

ओलीले पार्टी र सरकारमा एकलौटी गर्न खोजेको भन्दै नेकपाका अर्को पक्षका नेता कार्यकर्ताले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिइरहेका छन् । ओली पक्षका नेता कार्यकर्ताहरूले भने उनको बचाउ गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News