नदीमा डुबेर किशोरको मृत्यु



धनगढी, वैशाख २०
कैलालीको भजनीमा नदीमा नुहाउन गएका एक किशोरको डुबेर मृत्यु भएको छ । भजनी नगरपालिका वडा नम्बर ४ झलझलीका १६ वर्षीय केशव पाखरेलको नहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका किशोर डेढ घण्टापछि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक जनकबहादुर धामीको टोली खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News