कोरोनाबाट २४ घण्टामा ५ हजार बढीको मृत्यु, कति थपिए नयाँ संक्रमित ?




काठमाडौं, वैशाख २१
कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार भन्दा धेरैको ज्यान गएको छ । २४ घण्टामा ५ हजार १ सय ३९ जनाले ज्यान गुमाएका हुन् । 

जसमा सबैभन्दा धेरै ज्यान गुमाउनेमा अमेरिकामा धेरै छन् । त्यहाँ २४ घन्टामा १ हजार ६ सय ३४ जनाको ज्यान गएको छ । त्यसपछि बेलायतमा ६ सय २१ जनाको ज्यान गएको छ। इटलीमा ४ सय ७४, स्पेनमा २ सय ७६, फ्रान्समा १ सय ६६, जर्मनीमा ७६, ब्राजिलमा ३ सय ४० जनाको मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा ८१ हजार ६ सय ३२ जना कोरोना संक्रमित थपिएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५ सय ३४ कोरोना संक्रमितको पहिचान भएको छ । रसियामा ९ हजार ६ सय २३, बेलायतमा ४ हजार ८ सय ६, ब्राजिलमा ४ हजार ४ सय ५० कोरोना संक्रमित थपिएका छन् । 

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म २ लाख ४४ हजार ५ सय ८७ जनाको ज्यान गएको हो । सबैभन्दा धेरै अमेरिकामा ६७ हजार ३९६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

३४ लाख ७९ हजार ७ सय २६ मा कोरोनाको संक्रमण देखिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै ११ लाख ५९ हजारमा यो संक्रमण देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News