जोखिमका आधारमा लकडाउन खुकुलो पार्ने तयारी, चार ‘मोडालिटी’मा छलफल हुँदै




काठमाडौं, वैशाख २१
चैत ११ गतेदेखि लागू गरिएको लकडाउनलाई अब कोरोना भाइरस जोखिमका आधारमा खुकुलो बनाउने विषयमा सरकारले छलफल थालेको छ । देशव्यापी लकडाउनको अवधि वैशाख २५ गते सकिने भएकाले त्यसपछि के गर्ने भन्नेमा सरकारले विभिन्न मोडालिटीमा छलफल थालेको हो ।

वैशाख २५ पछि जिल्लाहरुमा देखिएको जोखिमका आधारमा अतिउच्च जोखिम, उच्च जोखिम, सामान्य र न्यून जोखिमयुक्त जिल्ला छुट्ट्याएर केही खुकुलो बनाउनेबारे छलफल भइरहेको बताइएको छ ।

साथै आन्तरिक रुपमा लकडाउनलाई जोखिमका आधारमा खुकुलो बनाउने छलफल गरेपनि सीमा नाकामा भने थप कडाई गर्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा भारतबाट कोरोना भित्रिन नदिन सिमानामा अझै कडाइ गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् ।

बैठकमा मन्त्रीहरुको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले तत्काल भारतमा रहेका नेपालीलाई ल्याउन नसकिने पनि बताएका थिए । ओलीले तत्काल भारतबाट मानिस आउन दिनु जोखिम हुने भन्दै उक्त निर्णय गर्न नसकिने बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउन गृहमन्त्रीलाई निर्देशन दिएको पनि एक मन्त्रीले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News