नेपालगञ्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १० जना संक्रमित थपिए




काठमाडौं, वैशाख २१
नेपालमा आइतबार एकैदिन थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालगञ्जमा ९ र वीरगञ्जमा एक जना गरि १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना भाइरस सङक्रमितको सङ्ख्या ६९ पुगेको छ।

वीरगञ्जमा ३६ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ भने नेपालगञ्जमा पाँच पुरुष र चार महिला सङ्क्रमित भेटिभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालगञ्जमा भेटिएका संक्रमित सातदेखि ५८ वर्ष उमेरका रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा पीसीआर विधिबाट हालसम्म १३ हजार ४ सय १४ जनाको परीक्षण गरिएको छ भने र्‍यापिड डायग्नोस्टिक टेस्ट किटबाट ४९ हजार ६ सय ८८ जनाको परीक्षण सम्पन्न भएको छ। गत चौबीस घण्टामा १ हजार ४ चार ७९ जनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News