प्रदेश १ः बजेट अधिवेशनको तयारी, हलको विकल्प खोजिँदै



विराटनगर, बैशाख २१

संघीय संसद्को बजेट अधिवेशन डाकिएसँगै प्रदेशमा पनि संसद् अधिवेशनको तयारी सुरु भएको छ । प्रदेश १ संसद्को अधिवेशन आह्वान गर्नेबारे आइतबार प्रदेशको कार्यव्यवस्था समितिले छलफल थालेको छ ।

समितिको बैठकमा भौतिक दुरी कायम गरेर संसद् बैठक सञ्चालन गर्नेबारे छलफल भएको थियो । ‘बैठक सञ्चालनका लागि विभिन्न विकल्पबारे छलफल भएको छ’, संसद् प्रवक्ता उपसचिव राजाराम दाहालले भने ‘त्यसका लागि नयाँ हलको प्रबन्ध गर्नेबारे विकल्प खोज्दैछौं ।’ उनका अनुसार अहिलेको संसद्मा भौतिक दुरी कायम गरेर बैठक गर्न असम्भव छ । ९३ सदस्सीय संसद्मा पत्रकार दीर्घा र दर्शकदीर्घासहितको व्यवस्था छ ।

‘ती दुवै स्थान पनि अकुपाई गरेर हल फराकिलो बनाउने कि भन्ने विकल्प पनि आएको छ’, उनले भने ‘तर, दलहरुलेउपयुक्त विकल्प खोजी गरेर चाँडै निर्णय गर्ने कुरा भएको छ ।’ बैठकमा काँग्रेस प्रमुख सचेतक केदार कार्कीले अर्को विकल्प पनि अघि सारेका थिए ।
उनले हरेक दलबाट निश्चित प्रतिशत सांसद बोलाएर भौतिक दुरी कायम गरेर सदन सञ्चालन गर्न सकिने बताएका थिए । ‘यी सबै विकल्पबारे छलफल गरेर अधिवेशनको तयारी गर्ने सहमति भएको छ’, प्रवक्ता दाहालले भने । प्रदेशको नियमित बजेट असार १ मा ल्याउने चलन छ । त्यसका लागि १५ दिन अघि नै सदन बोलाएर प्रि बजेट छलफल गर्ने र नीति कार्यक्रम ल्याउनुपर्नेछ । यो समयसीमा अनुसार ढिलोमा जेठ १७ भित्र अधिवेशन आह्वान भइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News