एकै दिन १६ जना कोरोना पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो



काठमाडौं, बैशाख २१
नेपालमा आज मात्रै १६ जान कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज वीरगञ्जमा १ र नेपालगञ्जमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताइएको थियो ।

तर, त्यसको केहि बेर पछि नै नेपालगञ्जमा नै थप ६ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालय स्रोतको दावी छ ।

यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ७५ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्।

स्रोतका अनुसार नेपालगञ्जबाट ९० जनाको स्वाब परिक्षण गर्न पठाइएकोमा ६० जनाको जाँच गर्दा १५ जना पोजिटिभ आएको हो । ३० जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

आज कोरोना संक्रमण देखिएकामध्ये एक जना ७ वर्षिया वालक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News