नेपालगञ्जमा एकैपटक धेरै कोरोना सङ्क्रमित : को हुन् र कसरी भेटिए ?




नेपालगञ्ज, वैशाख २२
नेपालगन्जमा एकै दिन कोरोना भाइरसका १५ जना नयाँ सङ्क्रमित भेटिएपछि फेरि जोखिम बढेको छ ।अचानक कसरी सङ्क्रमितको सङ्ख्या बढ्यो भन्ने प्रश्न धेरैमा जन्मिएको छ।

स्वास्थ्य अधिकारीहरूले भने परीक्षणको दर कम हुनु र लक्षण नदेखिनुले संक्रमण पहिचान गर्न मुस्किल भएको बताएका छन् ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा। प्रकाश थापाले शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेको बताए दिए।

नेपालगञ्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको थापाको भनाई छ।

कोरोना भाइरस प्रभावित देशबाट आएका व्यक्तिहरू आफै स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा प्रशासनले खोज्नुपर्ने अवस्था रहेको अधिकारीहरूको गुनासो छ।

नयाँ सङ्क्रमित को हुन् ?

नयाँ सङ्क्रमित १५ जना पहिलो पटक पुष्टि भएका ६० वर्षीय सङ्क्रमितसँग सम्पर्कमा रहेका हुन्। उनीहरू नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ स्थित मदरसा आसपासका बासिन्दा भएको अधिकारीहरूले जनाएका छन्।

ती व्यक्ति दैनिक नमाजको अजान गर्न नेपालगञ्जको महेन्द्र पार्कस्थित धार्मिक स्थलमा पुग्ने गरेको बताइएको छ। उनी भारतबाट नेपाल फर्किएको स्थानीय बासिन्दाले बताएका छन्।

उनीहरूलाई आइतवार राति कोरोना विशेष अस्पताल खजुरामा उपचारको लागि भर्ना गरिएको बताइएको छ। सातजना महिला छन् । जसमा एक सात वर्षीया बालिका पनि सङ्क्रमित रहेकी छ्न।

डा। प्रकाश थापाले शनिवार नमुना सङ्कलन गरिएका ६० जनाको मात्र नतिजा आएको र ३० जनाको नतिजा आउन बाँकी रहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News