उपत्यकाभित्र लकडाउनमा कडाइ गर्न गृहमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन



काठमाडौं, बैशाख २२
आइतवार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन र सीमा नाकामा थप कडाइ गर्न गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिए लगत्तै उपत्यका लकडाउनमा कडाइ गरिएकाे छ।

आइतवार लकडाउन केही खुकुलो अनुभव गरेका सर्वसाधरणले सोमवार बिहानैबाट भने थप कडाइ भएको अनुभव गरेका छन्। बिहानैदेखि सडकमा खटिएका सुरक्षाकर्मीले अत्यआवश्यक काम बाहेक हिंँडेका र दौडिएका सवारी साधनलाई नियन्त्रणमा लिएका छन्। सवारी पास भएका सवारी साधनमा पनि अनआवश्यक मानिस भए नभएको समेत चेक गरेर सुरक्षाकर्मीले छोड्ने गरेका छन्।

प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री थापाले आइतवार नै गृह मन्त्रालयमा बैठक डाकेका थिए। त्यसपछि गृहमन्त्री थापाको नेतृत्वमा बसेको बैठकलले महत्वपूर्ण संरचनाको जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका प्रहरीलाई सीमामा पठाइने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News