सरकारले बनायो लकडाउनको नयाँ ‘मोडालिटी’, यस्तो छ प्रस्तावित खाका




काठमाडौं, वैशाख २३
सरकारले यही वैशाख २५ गतेपछि लकडाउनको नयाँ मोडालिटी ल्याउने भएको छ । कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले मोडालिटीको खाकाको प्रस्ताव तयार गरेको छ ।

आज मन्त्रिपरिषद बैठक बसी लकडाउन लम्ब्याउने निर्णय गरी कम र बढी जोखिमयुक्त क्षेत्र छुट्याएर मोडालिटी ल्याउने भएको हो । सरकारले तोकेको लकडाउनको अवधि २५ गते सकिदै छ।

खाकामा बढी खतरा भएको क्षेत्रलाई रेड जोन र कम खतरा भएको क्षेत्रलाई ग्रीन जोन बनाई केही क्षेत्र सञ्चालनको छुट दिइने भएको छ ।

विद्यालय, सार्वजनिक तथा निजी यातायातका अलावा भीडभाड हुने क्षेत्रमा छुट दिइने छैन । तर, कृषि, सामान ढुवानलगायतका क्षेत्रमा छुट दिइने छ ।

यस्तो छ प्रस्तावित खाका
सीमा क्षेत्र रेड जोनमा, आवागमन पूर्ण रुपमा ठप्प पारिने, पास पाएका र अनुमति पाएका निजी तथा सार्वजनिक कुनैपनि सवारी साधन सञ्चालन गर्न निषेध, यात्रु ओसारपसारका लागि अनुमतिविना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा निषेध गरिएको छ।

यस्तै बजार खोल्न निषेध, सिनेमा हल खोल्न नपाइने, खेल स्थल सञ्चालन गर्न नपाइने, शैक्षिक संस्था खोल्न नपाइनेलगायत छ।

ग्रिन जोन
ग्रीन जोन क्षेत्ररमा कृषि कार्य गर्न, पशुपालन र त्यससँग सम्बन्धित कारोबार गर्न, अत्यावश्यक मालमान ढुवानी गर्न,
उद्दोग, कलकारखाना जस्ता अत्यावश्यक सेवाहरु सावधानी अपनाएर सञ्चालन गर्न पाइने छ।

यस्तै तयारी खानेकुरा विक्रीवितरण गरी आपूर्ति गर्ने होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने सावधानी अपनाएर भौतिक निर्माण गर्न छुट दिइनेछ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News