नेकपा सचिवालय बैठक बस्दै, के छ एजेण्डा ?




काठमाडौं, वैशाख २४
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्दैछ । भोलि बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि सचिवालय बैठक बस्न लागको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बस्ने सचिवालय बैठकले स्थायी समितिमा छलफल गर्ने एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

यसअघि बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । स्थायी समितिका २० जना सदस्य स्थायी समिति बैठक बोलाउनुपर्ने माग गरेपछि सचिवालयले बैठक बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News