कोसी अस्पतालबाट ६ जना कोरोना संक्रमित डिस्चार्ज




काठमाडौं, वैशाख २४
कोरोना निको भएपछि विराटनगरस्थित कोसी अस्पतालमा उपचाररत ६ जना भारतीय नागरिकलाई डिस्र्चाज गरिएको छ । उनीहरुलाई विहानै डिस्चार्ज गरिएको हो ।

अन्तिम नमुना परीक्षणको नजिता पनि नेगेटिभ आएपछि उनीहरूलाई आज बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

एकै साथ अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन् । डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय हुन् ।

हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई डिस्चार्जपछि तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले बताए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News