उपचारपछि निको भएका ३ जनामा फेरि कोरोना सङ्क्रमण




काठमाडौं, वैशाख २४
उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस सङ्क्रमण देखिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक÷एक जनामा फेरि कोरोनाको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वीरगञ्जमा उपचारपछि निको भएकामा फेरि सङ्क्रमण देखिएर अस्पतालमा भर्ना भएको खबर आएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए ।

काठमाण्डौको सनसिटी अपार्टमेन्टमा यसअघि सङ्क्रमण देखिएर उपचारपछि निको भएका पुरुषलाई फेरि सङ्क्रमण भएको डाक्टर देवकोटाले जानकारी दिए । त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News