मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने




काठमाडौं, वैशाख २४
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले विहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठकले लकडाउन थप्ने विषयमा निर्णय गर्ने सम्भावना रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले डेढ महिनादेखि देशभर लकडाउन जारी राखेको छ। कम्तिमा पनि एक साता लकडाउनको अवधि थपिने सम्भावना रहेको स्रोतले जनाएको छ

प्रधानमन्त्री ओलीले लकडाउनलाई निरन्तरता दिने संकेत यसअघि नै गरिसकेका छन्।उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको प्रभावका आधारमा बिभिन्न क्षेत्र विभाजन गरी सोहिअनुसार लकडाउन खुकुलो पार्न गरेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गर्दै लकडाउनलाई अहिलेकै अवस्थामा निरन्तर जारी राख्ने संकेत गरेका हुन्।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पनि लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकालेको थियो।

सरकारले कोरोना नफैलियोस् भनेर सुरुमा ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थप गर्दै लकडाउनको अवधि २५ वैशाखसम्म पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News