दुई सांसदबीच दुई कुर्सी खाली राखेर संसद बैठक चलाइने




काठमाडौं, वैशाख २४
संसदको बजेट अधिवेशनमा दुई सांसदका बीचमा दुई कुर्सी खाली राखेर बैठक सञ्चालन गरिने भएको छ । अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन बैठकमा जाँदा सबै सांसदहरूलाई मास्क अनिवार्य गरिने प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले बताए । सांसदहरूको टेबलमा सेनिटाइजर राख्न लागिएको पनि उनले बताए।

संसदको अधिवेशनलगत्तै संसदमा सरकारको नीति तथा कार्यक्रम र बजेट पेश हुँदैछ। त्यतिबेला प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक सञ्चालन हुन्छन्।

संसद सचिवालयले सांसद, कर्मचारी र सुरक्षाकर्मीको पिसिआरबाट कोरोना परीक्षण गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने भएको छ। सांसदहरूले सभामुख अग्नि सापकोटालाई भेटेरै पिसिआर परीक्षणको माग गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News