वामदेवको सक्रियता बढ्यो, एकताका पक्षमा उभिएको दाबी



काठमाडौं, बैशाख २४

पछिल्लो समय अस्थिर र पदको लोभ देखाएको आरोप लागेका नेकपा नेता वामदेव गौतमले आफू एकताको पक्षमा उभिएको बताएका छन् । अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार विहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका हुन् ।

यसबीचमा बामदेव ओलीतिर लागेको बुझेपछि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले विश्वासघात गरेको चर्चा भएको थियो ।

गौतमले प्रचण्डलाई भेटेर आफू ओली गुटमा नलागेको र पार्टी बिभाजन हुनु हुँदैन भन्ने पक्षमा रहेको बताएका छन् । प्रधानमन्त्री पछिल्लो सहमति र पार्टी निर्णय अनुसार नै चल्नुपर्ने धारणा बामदेवले राखेको निकट स्रोतले जनाएको छ ।

दुई अध्यक्ष मिलेर स्थायी कमिटीमा प्रस्ताव ल्याउनु राम्रो हुने गौतमको सुझाव छ । प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंसिर ४ को सहमति अनुसार एकजनाले सरकार र अर्कोले पार्टी कामको नेतृत्व गर्ने समझदारी अनुरुप प्रस्ताव ल्याउने भनिए पनि दुई अध्यक्षबीच कुरा नमिलेको बताइन्छ ।

आज बस्ने सचिवालय बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले स्थायी कमिटीमा लैजाने प्रस्ताव ल्याउने भनिए पनि दुई अध्यक्षको कुरा नमिलेकाले प्रस्ताव लेखन अघि बढेको छैन । सचिवालय बैठक बुधबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News