कञ्चनपुरमा पड्कियाे बिस्फोटक पदार्थ, एक बालक घाइते



महेन्द्रनगर, बैशाख २४
कञ्चनपुरमा बिस्फोटक पदार्थ पड्किँदा १ जना बालक घाइते भएका छन् । महाकाली नगरपालिकामा बिस्फोटक पदार्थ पड्किँदा १ वडा नम्बर ३ दोधाराका ९ वर्षीय बालक महेन्द्र नेपाली घाइते भएका हुन् ।

नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले छिमेकी गाउँ शान्तिटोलको पटेराघारीमा भेटिएको शंकास्पद बस्तु खेलाउने क्रममा विस्फोट हुँदा ती ९ वर्षीय नेपाली घाइते भएकाे जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र नाथ पौडेलले उक्त बस्तु बम नभइ सानो खालको विस्फोटक बस्तु भएको बताए ।

सिजालीका अनुसार नेपालीको दुवै हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको सिजालीले बताए । बिस्फोटक पदार्थ पड्किएको ठाउँमा नेपाली सेना र नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News