लागूऔषध कारोबारी श्रीमान् श्रीमती, पाँच जना पक्राउ



वीरगन्ज, बैशाख २४
पर्सा प्रहरीले आफ्नै घरलाई लागू औषध बिक्री गर्ने अड्डा बनाएका श्रीमान् श्रीमतीसहित ५ जनालाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–३ बस्ने ४६ वर्षीय सन्तोष पटेल र उनकी श्रीमती ३७ वर्षीया बबिता देबीसहित ५ जनालाइ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ।

पक्राउ पर्ने अन्यमा वीरगन्ज–३ का २८ वर्षी टिँकु श्रीवास्तव, पर्साको बिन्दबासिनी गाउँपालिका–२ का २८ वर्षीय राजनाथ यादव र बाराको प्रसौनी गाउँपालिका–२ नौतन बस्ने ३२ वर्षीय मुग्रिम साह छन् ।

प्रहरीले सन्तोषको घरबाट नियन्त्रित लागू औषध डायलेक्स–डीसी ८७ बोत्तल, आनेरेक्स १ सय ३ बोत्तल, निट्राजेपाम २० पिस, निट्राभेट ३६ पिस र सिम्प्लेस्ट ५८ पिस बरामद गरेको छ ।
उनले आफ्नो कोठामा रहेको बक्स पलङ भित्र लागू औषध लुकाएर राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News