स्राेत नखुलेकाे लाखाै रूपैयाँसहित फेरि पक्राउ परे दुई भारतीय



काठमाडौँ, बैशाख २४
स्राेत नखुलेकाे लाखाै रूपैयाँसहित फेरि दुई भारतीय पक्राउ परेका छन्। सशस्त्र प्रहरीले सुरक्षा जाँचको क्रममा सर्लाहीको मलंगवाबाट भारतीय नागरिक ४२ वर्षीय रामललित मण्डल र ३३ वर्षीय निरज कुमारलाई प्रहरीले पक्राउ गरेको हाे । ती भारतीय नागरिकलाई १७ लाख ९० हजार नेपाली रुपैयाँसहित पक्राउ प्रहरीले गरेको हाे ।

धान बोकेर नेपाल प्रवेश गरेको बी आर ३० बीए २४५८ नम्बरको ट्रकबाट उक्त रकम बरामद गरिएको हो । ट्रक चालक मण्डल र सहचालक कुमारलाई प्रहरीले विशेष सूचनाकाे अाधारमा पक्राउ गरेको हाे ।

ट्रकको क्याबिनको सिट मुनि पैसा लुकाएर ल्याएको अवस्थामा पैसा बरामद गरिएको छ । यसअघि मंगलबार पनि मोरंगको रानीबाट २ भारतीय नागरिकलाई १ करोड ९ लाख ७९ हजार भारतीय रुपैयाँसहित पक्राउ गरिएको थियो । सशस्त्र प्रहरी प्रवक्त डीआईजी प्रविणकुमार श्रेष्ठले भारतसँग जोडिएका नाका हुँदै भित्रिने मालवाहक सवारी साधनमा थप सुरक्षा जाँच बढाउन निर्देशन दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News