अमेरिकामा कोरोनाबाट एकैदिन २ हजार ५ सय बढीको मृत्यु




काठमाडौं, वैशाख २५
अमेरिकामा कोरोना भाइरसका कारण एकैदिन २ हजार ५ सय २४ जनाको ज्यान गएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ७ हजार ४ सय ७९ पुगेको छ ।

बुधबारमात्रै २५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । हालसम्म संक्रमितको संख्या १२ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

२ लाख १२ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १५ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै अमेरिकामा मृत्यु हुने नेपालीको सङ्ख्या १५ पुगेको छ । तीमध्ये न्यूयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News