विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुने संख्या २ लाख ६५ हजार नाघ्याे



काठमाडौं ,बैशाख २५

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजार नाघेको छ ।विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार बिहानसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ४२ पुगेको छ ।

विश्वभर अहिलेसम्म ३८ लाख २१ हजारभन्दा बढी कोरोना संक्रमित भएका छन् ।

महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा साढे चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

सङ्क्रमितमध्ये १२ लाख ९९ हजार ३६१ सय भने उपचारपछि घर फर्किएका छन् । यो निको हुनेको संख्या ज्यान गुमाउनेको भन्दा ४।९० गुणा बढी हो ।

पछिल्लो २४ घण्टमा मात्रै विश्वभर कोरोनाबाट ६ हजार ८११ जनाले ज्यान गुमाएका छन् भने ९५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन् ।

विश्वभर अहिले २२ लाख ५७ हजार बढीमा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ४८ हजार २२८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News