वीरगन्जमा काेराेना संक्रमितको संख्या २४ पुग्यो



वीरगन्ज, बैशाख २५
बुधबार थप १७ जनामा काेराेना संक्रमण भेटिएपछि वीरगन्जमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ। संक्रमितमध्ये वीरगन्जका स्थानीय २१ जना हुन् भने ३ जनो भारत उत्तर प्रदेश र दिल्लीका जमाती हुन्।

वीरगन्ज ३ छपकैयाका मात्रै संक्रमितको संख्या १९ पुगेको छ। यस्तै वीरगन्ज २ छपकैया र वीरगन्ज १६ इनर्वाका १/१ जना छन्।

वीरगन्जमा बुधबारसम्म भेटिएका २४ संक्रमित मध्ये २ जना भारतीय जमाती यसअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। अब नारायणी अस्पतालको आइसोलेसनमा बुधबार ल्याइएका १७ सहित अन्य जिल्लाका र भारतीय जमातीसहित २८ संक्रमित उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News