किशोरी बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ




काठमाडौं, वैशाख २५
घरेलु कामदारलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ४६ वर्षीय रमाकान्त सरावगीलाई जैसीदेवलबाट पक्राउ गरेको हो ।

उनीमाथि बाग्लुङकी १८ वर्षीया एक किशोरीलाई पटक(पटक बलात्कार गरेको आरोप छ । पीडित किशोरीको जाहेरीपछि सरावगीलाई पक्राउ गरिएको महानगरीय परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रहरीका अनुसार पीडित किशोरीलाई सरावगीले कुकुरको स्याहारका लागि गत फागुनमा घरेलु मजदुरका रूपमा राखेका थजैसीदेवलमा बस्ने उनले किशोरीलाई मासिक आठ हजार रुपैयाँ दिने प्रलोभन दिएका थिए ।

सरावगी कुकुरका सोखिन थिए । उनले घरमा ६ वटा कुकुर पालेका थिए । तिनै कुकुरको स्याहार गर्न भन्दै उनले किशोरीलाई काममा राखेका थिए ।

किशोरी काठमाडौंमा धर्मदाजुको परिवारसँगै बस्दै आएकी छिन् । घरको आर्थिक अवस्था कमजोर भएकाले उनले सरावगीको प्रस्ताव स्वीकार गरेकी थिइन् । काममा राखेको तीन दिनपछि नै सरावगीले आफूमाथि यौन शोषण सुरु गरेको उनले प्रहरीलाई बयान दिएकी छिन् ।

अचानक काम छाडेर उनी फर्केपछि परिवारले उनीसँग सोधपुछ गरेका थिए । उनले काममा लगाउने सरावगीबाट आफू पटकपटक बलात्कार भएको तथ्य खोलेपछि धर्मदाजुका परिवारले प्रहरीमा जाहेरी दिन सुझाब दिएका थिए ।

बलात्कार आरोपी सरावगीलाई अहिले काठमाडौं प्रहरी परिसरको हिरासत कक्षमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News