बजेट अधिवेशनको पूर्वसन्ध्यामा सांसदहरूको कोरोना परीक्षण गरिँदै




काठमाडौं, वैशाख २५
भोलिदेखि सुरू हुने संघीय संसदको बजेट अधिवेशनको पूर्वसन्ध्यामा आज सबै सांसद र कर्मचारीको कोरोना भाइरस परीक्षण गरिदैछ। सांसदहरूमा कोरोना भए–नभएको जाँच गर्न स्वाब परीक्षण गरिँदै छ।

बानेश्वरस्थित संसद भवनमा सांसदहरुको स्वाब संकलन सुरु भएको छ। संसदका सबै सांसदको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउन लागिएको हो।

बिहान १० बजेदेखि राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सांसदको संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा स्वाब संकलन गरिने संसद सचिवालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News