ड्युटीमा खटिएका प्रहरी हबल्दारको मृत्यु



सप्तरी, बैशाख २५
कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ ।

ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको आज एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। प्रहरी हबल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असइ) को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो । भारतसँग सीमा जोडिएको सप्तरीकोे बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News