चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं, वैशाख २६
हाल देशमा महाशाखाका अनुसार हाल देशको पहाडी  भू-भाग आंशिक बदली र बाँकी भु-भागमा सामान्यतया सफा रहेको छ ।

पश्चिमी न्युन चापीय रेखाको सामान्य प्रभाव, स्थानीय वायु, पूर्वी भु-भाग नजिक बनेको न्युन चापीय क्षेत्र  तथा  बंगालको खाडीबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टामा देशको पुर्वी  भू-भागका थोरै र पश्चिमका एक-दुई  स्थानमा  मेघगर्जन/चट्याङ्ग र असिनासहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

शुक्रबार

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । देशका पूर्वी भू-भागका थोरै स्थानहरूका साथै मध्य र पश्चिमका एक-दुई  स्थानमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशको पूर्वी भु-भागमा सामान्य बदली र मध्य र पश्चिमका पहाडी भू-भागमा आंशिक बदली भई बाँकि भू-भागमा  सामान्यतया सफा रहनेछ । पुर्वी भू-भागका एक दुइ  स्थानमा  मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

शनिबार

दिउँसोः देशका पहाडी भू-भागमा सामान्य  बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू-भागका केहि  स्थानहरुमा र तराइका एक दुइ स्थानमा  मेघगर्जन/चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति: मध्य र पुर्वका भू-भागमा सामान्य  बदली भई बाँकि भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पुर्वका थोरै स्थानहरुमा र पश्चिमका पहाडी भू-भागका एक दुई  स्थानमा  मेघगर्जन/चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आइतबार

दिउँसोः देशभर सामान्य  बदली रहनेछ। पश्चिमि भू-भागका केहि  स्थानहरुमा अनि  मध्य र पुर्वका थोरै स्थानहरुमा  मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति: देशभर सामान्य बदली रहनेछ। मध्यका केहि स्थानकरुमा अनि पुर्व र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News