बन्चरो प्रहार गरी बाबु-आमाको हत्या, आफै प्रहरीलाई जानकारी

तेह्रथुम, वैशाख २६
तेह्रथुमको फेदाप गाउँपालिकामा एक युवकले बन्चरो प्रहार गरि बाबुआमाको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर–५ इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् ।
सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया सौतेनी आमा इशा खापुङ लिम्बूलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।
कञ्चनले आफूले बाबुआमाको हत्या गरेको भनि १०० नं फोन गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थल प्रहरी चौकीदेखि चार किलोमिटर दुरीमा पर्छ ।
आफै प्रहरीलाई जानकारी दिएका उनलाई प्रहरीले भाग्दै गरेका अवस्थामा पोक्लाबाङ प्रहरी चौकीको टोलीले निन्त्रणयमा लिएको प्रहरी निरीक्षक तेजबहादुर दाहालले जानकारी दिए।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली त्यसतर्फ गैरहेको छ। मृतकका सात महिनाकी छोरी छिन् ।
प्रकाशित मिति: २६ बैशाख २०७७, शुक्रबार