सेनाका कर्णेल प्रहरी नियन्त्रणमा



काठमाडौं, बैशाख २६
काठमाडौंको रविभवनमा भएको दुर्घटनामा एक जनाको ज्यान गएपछि सेनाका कर्णेललाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिहान रविभवनमा भएको दुर्घटनामा निजी कारले मोटरसाइकललाई ठक्कर दिँदा२३ वर्षीय टीकाराज गेलालको ज्यान गएको हो । कारका चालक शिखर राणा हुन् । उनी नेपाली सेनाका प्रमुख सेनानी पदमा कार्यरत छन् ।

बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल र बा २१ च ४३४७ कार एक आपसमा जुध्दा मोरङ घर भएका गेलालको ज्यान गएको हो ।

कलंकीबाट कालिमाटीतर्फ आइरहेको कारले कालिमाटीबाट कलंकी तर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । मृतक गेलाल मासु पसलमा काम गर्दै आएका थिए। उनी कुखुराको मासु बोकेर आएका थिए । कुखुराको मासु बोकेर आएका गेलालको दुर्घटनामा परी मृत्यु भएपछि कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News