सुदूरपश्चिमका अन्तिम कोरोना संक्रमित पनि डिस्चार्ज




धनगढी, वैशाख २६
सुदूरपश्चिका अन्तिम कोरोना संक्रमित विरामी पनि डिस्चार्ज भएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ कि ३४ वर्षीय महिला आज डिस्चार्ज भएकी हुन्।

लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । महिलाको छ पटकसम्म गरीएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएकोमा अस्पतालले जनाएको छ ।

उनीसंगै भर्ना भएका दुई जना, अगाडि भर्ना भएका एक जना र उनीभन्दा पछाडि भर्ना भएकी एक जना गरी चार जना कोरोना संक्रमित भने यसअघि नै डिस्चार्ज भइसकेका छन्। योसंगै सुदूरपश्चिम प्रदेशमा पाँच जनामा कोरोना देखिएकोमा सबै ठिक भएर घर फर्किसकेका छन्।

लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवक, धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिला यसअघि नै सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भईसकेका थिए।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News