कोरोनाको परीक्षणका लागि सेनाको टोली जोखिमयुक्त जिल्लामा



काठमाडाैँ, बैशाख २६
कोरोना भाइरस (कोभिड -१९) को संक्रमित संख्याको आधारमा हटस्पटका रुपमा देखिएका ठाउँमा नमूना संकलनका लागि नेपाली सेनाको टोली पठाइएकाे छ। स्वास्थ्य मन्त्रालयले पाँच हजार ३०० स्वाब संकलन गरी कोभिड-१९ परीक्षण गर्ने योजनाअनुसार विभिन्‍न प्रदेशमा आवश्यक स्वास्थ्य सामग्रीसहित टोली पठाएको हाे।

नेपाली सेनाको छाउनीस्थित कोभिड-१९ विपद् व्यवस्थापन केन्द्रको संयोजनमा आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणसहित स्वास्थ्य मन्त्रालय, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त स्वास्थ्य टोलीलाई आज प्रदेश नं १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का जोखिम तथा सम्भावित संक्रमणयुक्त जिल्लामा पठाइएको हो ।

उदयपुर, बारा, पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, अर्घाखाची, रुपन्देही, गुल्मी, कपिलवस्तु, प्युठान, दाङ, बाँके र बर्दियामा सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी २८ वैशाखसम्म स्वाब संकलन गरी परीक्षण गर्ने योजना छ।

वीरगंजमा बुधवार मात्रै २ महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण देखिएको थियो। नेपालगञ्जमा २३ जनामा संक्रमण देखिएको छ भने उदयपुरमा २८ जना संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News