लकडाउनका बेला गाँजा तस्करी गर्ने २ जना पक्राउ



सर्लाही, बैशाख २६
कोरोना भाइरस (कोभिड १९) स‌ंक्रमणकाे राेकथाम तथा नियन्त्रणकाे लागि सरकारले जारी गरेको लकडाउनका बेला अवैध लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लालवन्दी नगरपालिका-८ बस्ने २६ वर्षीय मोहन घिसिङ र ईश्वरपुर नगरपालिका-१२ घारीबथान बस्ने ४६ वर्षीय फगुनी यादव रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।

लालवन्दी नगरपालिका-१५ बाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ। ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News