सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस



काठमाडाैँ, बैशाख २७
सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले बढुवा सिफारिस गरिएकाे हाे।

साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा २२ जना डीएसपीको नाम सिफारिस गरेकाे हाे ।

सिफारिसमा परेकाकाे पहिलो नम्बरमा समिर कुमार महर्जन छन् । दाेस्रोमा महेश अधिकारी, तेस्रोमा दिपक कुमार थापा, चौथोमा राजु श्रेष्ठ, पाँचाैंमा विजयकुमार केसी छन् ।

यसैगरी, सुधिर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाश कुमार सुवेदी, दिपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर विष्ट पनि एसपीमा बढुवाका लागि सिफारिसमा परेका छन् ।महेश केसी, संजय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दिपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोण कुमार बिष्टको नाम पनि बढुवा सिफारिसमा छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News