पर्साका ६२ वर्षीय कोरोना संक्रमित पुरुष किराना पसले रहेका खुलासा



वीरगञ्ज, बैशाख २७
कोरोना संक्रमित पर्साका ६२ वर्षीय पुरुष किराना पसल सन्चालक रहेको खुलेको छ । उनी यसअघि भेटिएका संक्रमित परिवारका सदस्यको सम्पर्कमा रहेको बताएको छ ।

कोरोना पुष्टि भएलगत्तै उनलाई नारायणी कोभिड अस्पतालको आइसोलेसनमा राखिएको छ । नयाँ संक्रमितको सोही टोलमा किराना पसल थियो । कन्ट्याक्ट ट्रेसिङको क्रममा उनको पनि बिहीबार थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो । शनिबार बिहान उनमा कोरोना पोजेटिभ देखिएको हाे ।

उनी यसअघिको संक्रमित परिवारको ६६ वर्षीय पुरुषको सम्पर्कमा रहेको तथ्य खुलेकोहो।

त्यसअघि बैशाख २१ गते आइतबार वीरगञ्ज–३ छपकैयाका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । पछि उनको परिवार, ससुराली लगायत सम्पर्कमा आएका ३२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गराउँदा परिवारका अन्य १७ सदस्यमा संक्रमण पुष्टि भयो । त्यस्तै छपकैयामा यसअघि एकै परिवारका १८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News