उदयपुरमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो




काठमाडौं, वैशाख २७
उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको भुल्केकी एक महिलामा कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश नम्बर १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

योसँगै  नेपालमा कोरोना पोजेटिभको संख्या ११० पुगेको छ । प्रदेश १ मा मात्रै कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ । यहाँ निको हुनेको संख्या १४ रहेको छ । प्रदेश नम्बर १ मा आजै ३ जनामा कोरोना पुष्टि भएका थिए । 

उदयपुरकै उनीहरु १८, ४५ र ६५ वर्षीया महिला रहेका थिए । यस्तै कपिलबस्तुमा ३ जना र पर्सामा एक जनामा पनि आजै कोरोना  संक्रमण पुष्टि भएको थियो । हालसम्म देशभरबाट निको भएर जानेको संख्या ३१ छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News