काठमाडौं उपत्यकमा लकडाउन खुकुलाे, सवारीसाधन चलाउन ‘टाइम कार्ड’



काठमाडौं, बैशाख २७
सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त बैंक तथा उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकमा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागु गर्ने भएको छ । आईतवारदेखि सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय प्रवेश गरिसक्नुपर्ने र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले वताएका छन ।

त्यसैगरी खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ भने निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन ।

उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध चल्न दिने तयारी गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

सरकारले गरेको निर्णय र निर्देशन अनुसार विकास निर्माणका कामलाई सहजीकरण गर्दै अन्य गतिविधिलाई भने पूर्ण रोक्ने गरी प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमखु, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News