भारतमा कोरोना संक्रमितको संख्या ६३ हजार पुग्यो, २१ सय बढीको मृत्यु




काठमाडौं, वैशाख २८
भारतमा कोरोना भाइरस संक्रमणको दर बढ्दै गैरहेको छ। सोहीअनुसार ज्यान गुमाउनेको संख्या पनि बढ्दैछ । हालसम्म भारतमा ६२ हजार ८ सय ८ जना संक्रमित भएका छन् । २४ घण्टाको अवधिमा २ हजार ८ सय ९४ जना संक्रमित थपिएका छन् । 

महाराष्ट्रमा मात्रै २० हजार २ सय २८ संक्रमित छन् । गुजरातमा संक्रमितको संख्या ७ हजार ७९७ पुगेको छ । दिल्लीमा ६ हजार ५४२ जना संक्रमित छन् । 

तमिलनाडुमा ६ हजार ५३५ संक्रमित छन् । अन्य प्रान्तमा पनि संक्रमण दर बढ्दै गइरहेको छ। मृतकको संख्या २ हजार १०१ पुगेको छ । २४ घण्टामा ११५ जना मृतक थपिएका छन् । 

भारत संक्रमितको संख्याको आधारमा विश्वभरमा १४ औं स्थानमा रहेको छ भने मृतकको आधारमा १६ औं स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News