तीन दिनसम्म मौसममा सुधार नहुने



काठमाडौं, बैशाख २८
जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असीना पानी पर्ने पूर्वानुमान गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली आंशिक प्रभाव छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायु र स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

महाशाखाका अनुसार अहिले मुलुकका पश्चिमी भू-भागमा बदली भई हावाहुरीसहित मेघ गर्जनकासाथ पानी परिरहेको छ । दिउँसोसम्म मध्य र पूर्वका केही स्थानमा मेघगर्जनसहित चट्याङ र हावाहुरीसहितको असिना पानी पर्ने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News